गोरखा १९, भदौं । गोरखा जिल्लामामा शुक्रबार कुल २२ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका नगरपालिका वडा नम्बर ६ का कोरोना संक्रमित पुरुषको सम्पर्कमा रहेका थप ६ जना पनि शुक्रबार नै संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो ।
संक्रमित सवै कन्ट्रयाक्ट्र टेसिङमा परेकाहरु रहेको उहाँको भनाई छ । यस अघि आजै दिउँसो गोरखा नगरपालिका सहित जिल्ला भित्र १६ जनामा संक्रमित भेटिएको थियो । संक्रमित हुनेहरुमा ४ बर्षकी बालिका, २३, ४५ र ५३ बर्षका पुरुष र ३२ बर्ष र ५१ बर्षकी महिला रहेको पुष्टी भएको उहाँले बताउनुभयो ।