Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आज एकै दिन १६ जनामा कोरोना संक्रमणको पुष्टी


2.4K
Shares

गोरखामा आज एकै दिन १६ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखा १९, भदौ । गोरखामा शुक्रबार एकैदिन १६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको स्वांब परीक्षणका क्रममा गोरखा नगरपालिका भित्रका १४ जना, अजिरकोट गाउँपालिकाका १ जना र शहिद लखन गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । शुक्रबार संक्रमण भेटिएकाहरुमा ७ जना पुरुष र ९ जना महिला रहेका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट संक्रमण पुष्टी भएकाहरुमा गोरखा नगरपालिका १३ का ९ महिला र ५ पुरुष सहित १४ जना, अजिरकोट र शहिद लखन गाउँपालिकामा १/१ जना पुरुष रहेका छन् ।  अजिरकोट गाउँपालिकाका संक्रमित पुरुष भारतबाट आई क्वोन्टिनमा बस्दै आएका व्यक्ति भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाका अन्य सबैजना कन्ट्याक ट्रेसिङ मार्फत स्वाब संकलन गरिएका व्यक्तिहरु रहेको पाइएको छ । सबैलाई गोरखा सदरमुकाममा रहेको आइसोलेसन कक्षमा ल्याउने तयारी भई रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology