काठमाण्डौ १८ भदौ । नेपाल कम्युनिस्ट पार्टी निकट विधार्थी संगठन अनेरास्ववियूका निर्वाचन आयोग सदस्य विकास भट्टराईले छिटो भन्दा छिटो पार्टी एकताका बाकी काम टुङ्गो लागाउनु पर्ने बताउनु भएको छ । अहिलेको अबस्थामा एकताको मर्म र भाब अनुसार कार्यकर्ताको उचित ब्यबस्थापन गर्नु पर्ने भट्टराईले बताउनुभयो ।
सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले भाबनात्मक एकताको लागि केन्द्रिय नेता कै नेतृत्वमा अभियान संचालन गर्दै पार्टी भन्दा व्यक्ति माथि हुदैन भन्ने सन्देष दिन जरुरी रहेको बताउनु भएको छ। एकताको मर्म बुझ्दै क–कसले कति त्याग गर्न पर्ने हो त्याग गर्न तयार हुनु पर्ने बेला आएको र जनतासँग टुटेको समन्ध समधुर बनाउन लागि पर्न उहाँले नेतृत्वलाई सुझाउनु भएको छ ।
सहिद र बेपत्ता परिवारलाई सम्मान सहित उनीहरुको मागको सुनुवाई गर्ने, सरकारको काम चुस्त र भ्रष्टचार मुक्त बनाउन र जनतालाई बुझाउन लागि पर्ने दलाल र भ्रष्टको परिवन्दमा नपर्न उहाले नेतृत्वलाई आग्रह गर्नु भएको छ ।