Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चोरीका चार वटा मोटरसाइकल बरामद


3.4K
Shares

चोरीका चार वटा मोटरसाइकल बरामद

प्रहरी कार्यालय नवलपुरले शुरु गरेको सवारीसाधन जाँचका क्रममा चार वटा चोरीका मोटरसाइकल बरामद भएका छन् । जिल्लाको भित्री सडकखण्डमा प्रहरीले जाँचलाई तीव्रता दिएसँगै एकै दिनमा चार वटा मोटरसाइकल बरामद भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाकाअनुसार जिल्लाको भित्री सडकमा चोरीका मोटरसाइकल बढी गुड्न थालेका छन् । ट्राफिक प्रहरीले सवारीसाधन जाँच गरेको थाहा पाएपछि चालकले मोटरसाइकल छोडेर भाग्ने गरेको थापाले बताउनुभयो ।

नवलपुर ट्राफिक प्रहरीले बा ९८ प ८५४३ नम्बरको एनएस २०० पल्सर, अन टेस्ट लेखिएको केटिएम डुक, से ७ प ८२५७ नम्बरको २०० सिसीको कालो पल्सर र लु४२प ९७७० नम्बरको एनएस २०० पल्सर एकै दिनमा बरामद गर्न सफल भएको थापाले बताउनुभयो । त्यस्तै, सवारीसाधन जाँचका क्रममा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, सवारी चालक अनुमतिपत्र विना र हेल्मेट नलगाई मोटरसाइकल चाउने व्यक्तिहरु धेरै भेटिएको थापाले बताउनुभयो ।

हेल्मेट र सवारीसाधन अनुमतिपत्र नभएका व्यक्तिको मोटरसाइकल नियन्त्रणमा लिएर जरिवाना गरेपछि उनीहरुको अभिभावकलाई सवारीसाधन बुझाउने गरेको थापाले जानकारी दिनुभयो । करिब ७० किलोमिटर राजमार्ग भएको नवलपुरमा गण्डकी प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology