Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

किलर माउन्टेन भनेर चिनिने गोरखाको मनास्लु हिमाल चढ्न बहराइनका राजकुमार आउदै


6.1K
Shares

किलर माउन्टेन भनेर चिनिने गोरखाको मनास्लु हिमाल चढ्न बहराइनका राजकुमार आउदै

गोरखा १६, भदौं ।  किलर माउन्टेनको रुपमा चर्चित गोरखाकोे मनास्लु हिमाल आरोहणका लागि बहराईनका राजकुमार गोरखा आउनुहुने भएको छ । राजकुमार नासिरबिन हमाद अल खलिफा यही भाद्र महिनाको अन्तिम साता गोरखा आउन लाग्नु भएको हो । राजकुमारसंग अन्य १७ जनाको टोली हिमाल आरोहणका लागि बहराईन बाट नेपाल आउने तयारी गरिरहेको बहराईन सरकारले पुष्टी गरेको छ । सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार मनास्लु र लोबुचे हिमाल आरोहण गर्न उनीहरू नेपाल आउन लागेका हुन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकले सेप्टेम्बर १५ अर्थात भदौ ३० पछि हुने उहाँहरुको चार्टर उडानलाई नेपाल आउने अनुमति गरेको छ । राजकुमारको हिमाल आरोहणको सम्पूर्ण जिम्मेवारी सेभेन समिट ट्रेक्स प्रालि नाम नेपाली कम्पनीले पाएको लिएको छ । राजकुमारको उत्त टोलीले गएको चैत–वैशाखमा नै हिमाल आरोहण गर्न चाहेको भएता पनि कोरोना महामारी र नेपालमा लकडाउनका कारण अभियान पछि सरेको थियो । राजकुमारको टोली काठमाडौंमा केही दिन बसेपछि असोज पहिलो साता लुक्ला जानेछ ।

त्यहाँबाट पदयात्रा गर्दै खुम्बु क्षेत्रको ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेर हेलिकप्टर मार्फत सिधै उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा ओर्लने कार्यक्रम तय भएको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ । राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युट गाइड खटाइने भएको छ । जसमा सर्वाधिक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पा, बिना अक्सिजन सगरमाथा आरोहण गर्ने कान्छा नेपाली आरोही टासी लाक्पा शेर्पा, संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेका छाङ दावा शेर्पा र सानो शेर्पासहितको टोली रहने छन् ।

यो आरोहण अभियानमा करिब १५० जना भन्दा बढी शेर्पा प्रत्यक्ष संलग्न हुने अनुमान गरिएको छ । बहराइनका राजकुमारले गोरखाको मनास्ल हिमाल आरोहण सफल गरेमा विश्वभर मनास्लु हिमालको प्रचारमा झनै मद्दत पुग्ने पर्यटन ब्यवसायीहरुको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology