Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बिरामी बोकेर काठमाडौ जादै गरेको एम्बुलेन्स त्रिसुली नदिमा खस्यो


6.5K
Shares

बिरामी बोकेर काठमाडौ जादै गरेको एम्बुलेन्स त्रिसुली नदिमा खस्यो

गोरखा १६, भदौ ।  चितवनको इच्छाकामना गाउँपालिका -३ फिस्लिङ नजिकै बिरामी बोकेर काठमाडौ जाँदै गरेको  एम्बुलेन्स  त्रिशुली नदिमा  खसेको छ। आज बिहान अन्दाजी ५:१५  बजेतिर बा ५ च १०३३ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशुली नदीको किनारमा खसेको हो ।                                                                                                      दुर्घटनामा परि ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते हुनेहरुमा एम्बुलेन्स चालक जि.झापा गौरीगन्जगा.पा. १ बस्ने बर्ष २८ को सरोज दाहाल, सर्लाही बरहथवा न.पा. २ बस्ने बर्ष ५० की दिल मांया राना मगर, सोही स्थानका बर्ष १५ की बाधे राना मगर, बर्ष २६ की मेक कुमारी राना मगर र बर्ष ३४ को नर बहादुर मगर रहेका छन ।
घाइते ५ जना मध्य १ जना बाधे राना मगर गम्भीर घाइते रहेको र अरु मध्यम घाइते भएको प्रहरिके बताएको छ। यस्तै घाइतेको उद्वार गरि उपचारका लागि भरतपुर पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology