Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ६ दिनदेखि बेपत्ता पुरुषको भीरमा अड्किएको अबस्थामा शव फेला


2.3K
Shares

गोरखामा ६ दिनदेखि बेपत्ता पुरुषको भीरमा अड्किएको अबस्थामा शव फेला

गोरखा १५, भदौ-  गोरखामा गएको ६ दिनदेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–८ ठुलो पन्द्रुङ घर भएका केशव बरामको शव हिजो साँझ ग्याजीको भीरमा अड्किएको अबस्थामा फेला परेको स्थानीयबासी अमर गुरुङले जानकारी दिनुभयो । बारपाक सुलिकोट गाउँपालिका–३ को ग्याजीको जंगलमा बरामको शव फेला परेको उहाँको भनाई छ ।

उहाँले पन्द्रुङमा सानो पसल चलाएर बस्दै आउनु भएको थियो ।  यहीं भदौं ८ गते बिहान ७ बजे स्वाँरामा लघुबित्तमा काम छ भनेर घरबाट निस्कनु भएका बराम नफर्किएपछि परिवार र स्थानीयबासी खोजी गर्दै आएका थिए । ‘आइतबार साँझ अबेर ग्याजीको तामाखानी भन्ने ठाउँमा भीरको कन्तरमा अड्किएर शव भेटिएको हो, गुरुङले भन्नुभयो, लास गन्हाएपछि के रहेछ भनेर बुझ्ने क्रममा बरामको शव फेला प¥योे ।’

शव निकै अफट्यारो ठाउँमा रहेकाले रातको समयमा निकाल्न नसक्ने अबस्था नरहेपछि आज बिहान मात्र प्रहरी र स्थानीयबासीको टोली घटनास्थलमा पुगेको छ । स्थानीयले बरामकोे भीरबाट लडेर नै मृत्यु भएको हुनसक्ने आंशका गरेका छन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शारिरिक रुपमा असक्त समेत रहेका उहाँको एक श्रीमती र २ छोरीहरु रहेका छन् ।। शव फेला परेको क्षेत्र भीरैभीर र जंगल भएको क्षेत्र रहेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology