Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बोर्लाङको घाटबेसी र धादिङको सल्यानटार जोड्ने पुलमा प्रहरी परिचालन


4.3K
Shares

बोर्लाङको घाटबेसी र धादिङको सल्यानटार जोड्ने पुलमा प्रहरी परिचालन

गोरखा १४,भदौं ।  गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङको घाटबेसी र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको सल्यान्टार जोड्ने पुलमा आवातजावतमा कडाई गर्न प्रहरी परिचालन गरिएको छ । त्रिपुरासुन्दरी गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्यहाँबाट बोर्लाङ प्रवेश गर्ने मुख्य नाकामा प्रहरी नै परिचालन गरि आवात जावतमा कडाई गरिएको स्थानीयले बताएका छन् ।

बिना काम जथाभावी पुलमा हिडडुल गर्दा संक्रमण फैलन सक्ने भएकाले स्थानीयबासी र प्रहरीले दिनभर पुलमा ड्युटी गर्न थालेको उनिहरुको भनाई छ । उत्त पुल हुदै घाटबेसी र सल्यान्टार ओहोरदोहोर गर्नेहरुको संख्या बढी हुने भएकाले स्थानीय र प्रहरी परिचालन गर्नुपरेको बताइएको छ । अहिले त्यहाँ दैनिक २ जना स्थानीयबासी र दुई जना प्रहरीले पालैपालो डुट्टी बस्न थालेका हुन ।

समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको बोर्लाङमा अहिले कोरोना नियन्त्रणमा रहेको छ । संभ्भावित संक्रमणको जोखिमको न्युनीकरण गर्न त्यस क्षेत्रका स्थानीयबासीहरु आफै जागरुक ुुहुन थालेका छन् । शनिवार मात्रै त्रिपुरासुन्दरी गाउँपालिकामा ८ जना कोरोना संक्रमित भेटिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology