Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नेपाल अहिलेसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टी


2.6K
Shares

नेपाल अहिलेसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टी

काठमाण्डौं १२, भदौं ।  नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना सङ्क्रमित भएका छन् । प्रदेश १ मा १३ जना पत्रकार कोरोना सङ्क्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् ।

प्रदेश २ मा २७ जना पत्रकार सङ्क्रमित भएकामा पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् । बागमती प्रदेशमा ११ जना पत्रकार सङ्क्रमित भएकामा काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा कास्कीका १ र नवलपुरका ७ गरी ८ जना सङ्क्रमित भएका छन् ।

प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना सङ्क्रमित भएका छन् । कर्णालीकी दैलेख जिल्लामा १ जना पत्रकार सङ्क्रमित भएका छन् । पत्रकार महासंघले आज विज्ञप्ति निकालेर संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै सङ्क्रमित सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघले पत्रकारहरुलाई अपिल गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology