गोरखा १२, भदौं । गोरखाका कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको गोरखा नगरपालिका–१३ का ३८ बर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
यही भदौ ६ गते अस्पतालमा भर्ना भएका ती युवकमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक व्यक्तिको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भरतपुर पु¥याइएको थियो ।
संक्रमितको स्वास्थ्य अबस्था गम्भीर भएपछि आइसियुमा राखेर उपचार गरिएको थियो ।