गोरखा ११, भदौं । गोरखा नगरपालिका–१०, छेवेटारकी एक गर्भवती महिलामा कोरोना संक्रमण भेटिएको छ । केहि दिन अघि मात्र उपचारका लागि चितवनको भरतपुर अस्पताल पुग्नु भएकी २९ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले जानकारी दिनुभयो ।
भदौं ८ गते भरतपुर अस्पतालमा उपचारका लागि पुगेकी महिलाको ९ गते पिसिआर परीक्षण गरेको १० गते रिर्पोट पोजेटिभ आएको जानकारी अस्पतालले दिएको छ ।
अस्पतालले अप्रेसन गर्नुपर्ने बताएपछि उहाँको कोरोना परिक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको जानकारी आफुले पाएको शाखा प्रमुख इश्वर रेग्मीले बताउनुभयो ।