गोरखा ११, भदौं । गोरखामा आज (बिहिबार) एकैदिन ५ हजार गाजाँको बोट नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र गोरखा समन्वयमा गोरखा नगरपालिका–३ नारेश्वरका बिभिन्न स्थानमा रहेका गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।
आज एकैदिन करिब ६५ रोपनी सार्वजनिक जग्गामा प्राकृतिक रुपमा उम्रिएको गाजाँ नष्ट गरिएको हो ।