Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिकाले थाल्यो समुदाय स्तरमा कोरोना परीक्षण गर्न


2.6K
Shares

गोरखा नगरपालिकाले थाल्यो समुदाय स्तरमा कोरोना परीक्षण गर्न

गोरखा ११, भदौं । गोरखामा समुदाय स्तरमा कोरोना परीक्षणको गर्न शुरु गरिएको छ । गोरखा नगरपालिकले नगरपालिका भित्र बस्नेहरुको कोरोना परीक्षणको गर्न थालेको हो । नगरपालिकाले पहिलो र दोस्रो चरण गरी ११८ जनाको स्वाब संकलन गरेर जिल्ला स्वास्थ्य कार्यालयमा बुझाएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेम्मीले जानकारी दिनुभयो । ‘समुदाय स्तरमा कोरोना छ कि छैन भनेर स्क्रिनीङ गर्न थालिएको हो ।’ रेम्मीले भन्नुभयो ।

नगरपालिकाले पहिलो चरणमा गोरखा सदरमुकाममा ब्यवसायमा संलग्नहरु मध्ये सौन्दर्यकला ब्यवसायी र कपाल काट्ने नाईहरुको स्वाब संकलन गर्न शुरु गरेको छ। मंगलबार सदरमुकामको समन्वय समितिको भवनमा गरिएको स्वाब संकलनमा त्यस्ता ब्यवसाय गरेका ७८ जनाको स्वाब संकलन गरिएको थियो ।
त्यस्तै गरी दोस्रो चरणमा गोरखा नगरपालिका १० को छेवेटार बजारमा बुधबार (हिजो) ४० जनाको स्वाब संकलन गरेको छ । छेवेटार बजारमा ब्यवसाय गरेर बस्ने ब्यवसयी, ग्यारेजमा काम गर्ने मजदुर र स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरिएको छ ।

दुवै स्थानबाट संकलित स्वाब जिल्ला स्वास्थ्य कार्यालय गोरखामा बुझाईएको शाखा प्रमुख रेग्मीले जानकारी दिनुभयो ।जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेका अनुसार गोरखा नगरपालिकाले संकलन गरेको पहिलो चरणको ७८ जनाको स्वाब परिक्षणका लागि बुधबार राजधानी र दोस्रो चरणमा संकलित ४० जनाको स्वाब बिहिबार पोखरा पठाईएको जानकारी दिनुभयो ।

केही साता देखी ट्राभल हिस्ट्री नभएका केही ब्यत्तिmहरुमा कोरोना संक्रमण देखि थालेपछि पालिकाले स्क्रिनीङका लागि स्वाब संकलन गर्न थालेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १२२ पुगेको छ । संक्रमित मध्ये आजसम्म कोरोना जितेर १२० जना घर फर्किसकेका छन् । २ जना गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत छने भने १ जना युवाको कोरोनाका कारण ज्यान गई सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology