गोरखा ७, भदौं । शुक्रबार गोरखाको भीमसेन थापा गाउँपालिका–१ निवेलका भगवान बानियाँको घरको खसी चोरीमा संलग्न २ जना बिरुद्द प्रहरीले नकबजनी चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले खसी सहित पक्राउ परेको उनिहरुलाई जिल्ला अदातल गोरखाबाट म्याद थप गरि थप अनुसन्धान सुरु गरेको जनाएको छ । घटनामा संलग्न खोजी गर्ने क्रममा पक्राउ परेका जिल्लाको अजिरकोट गाउँपालिका–१ का ध्याच्चोकका खेतमान गुरुङ, भारतीय नागरिक सुदामा कुमार बिरुद्ध अदातलमा मुद्दा दर्ता गरेको हो ।
घटनाको अनुसन्धानका लगि ४ जनालाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेकाहरुको साथबाट २५ / २५ के.जी. तौल भएका २ वटा चोरी भएको खसी समेत बरामद गरिएको थियो ।