Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू


1.4K
Shares

बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू

काठमाण्डौ ७, भदौ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीबाट जोगिन बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू गरेको छ । संगठनले १२ वर्षभन्दा बढी उमेर भएका बालबालिका लागि मास्क लगाउने नियमलाई अनिवार्य गरिदिएको छ ।

संगठनले जुन मुलुकमा बयस्कका लागि मास्क लगाउने नियम लागू गरिएको छ त्यही नियम १२ वर्षभन्दा बढी उमेरका बच्चाका लागि पनि लागू हुने छ । बालबालिकाले कोरोना संक्रमण कुन गतिमा फैलाउन सक्छ भन्ने यकिन हुन नसकेकाले उनीहरुका लागि यो नियम लागू गरिएको संगठनले जनाएको छ ।

संगठनले ५ वर्ष र त्योभन्दा कम उमेरका बालबालिकाकालाई मास्क नलगाउन पनि भनेको छ । यस्तै ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई मास्क लगाउँदा परिवारका सदस्यले लगाइदिने र फुकाल्नमा मद्दत गर्न पनि संगठनले सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology