Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा झुण्डिएर एक किशोरीले गरिन् आत्माहत्या


8.1K
Shares

गोरखामा झुण्डिएर एक किशोरीले गरिन् आत्माहत्या

गोरखा ६ भदौं । गोरखामा एक किशोरीले झुण्डिएर आत्माहत्या गरेकी छिन् । जिल्लाको पालुङटार नगरपालिका ७ च्याङलीकी  १६ बर्षकी अप्सरा कुमालले झुण्डिएर आत्माहत्या गरेको स्थानीयले बताएका छन् ।

शुक्रबार दिनभरी आफ्नो जन्मदिनको अबसरमा चकलेट समेत बाड्दै हिडेकी कुमालले साँझ घर नजिकैको छतिवनको बोटमा झुन्डिएको अबस्था भेटिएको स्थानीयले बताएका छन् । कुमाल साँझ दिदिको घरमा सुत्न भनेर घरबाट निस्किएकी थिइन् ।

उनको शनिबार बिहान झुण्डिएको अबस्थामा शव फेला परेको अस्थायी प्रहरी पोष्ट बिरुवाटारले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान अघि  सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology