Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

काठमाण्डौ उपत्यकामा एकैदिन २ सय जनामा कोरोना पुष्टी


9.3K
Shares

काठमाण्डौ उपत्यकामा एकैदिन २ सय जनामा कोरोना पुष्टी

काठमाण्डौ ४, भदौ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप दुइ सय जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा एक सय ७४ जना रहेका छन् भने ललितपुरमा १८ र भक्तपुरमा आठ जना रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित जानकारीका क्रममा गत २४ घण्टामा देशभर भने सात सय सात जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा देशभर दुइ सय ४६ जना छन् भने देशभर निको हुनेको सङ्ख्या १७ हजार नौ सय ६४ पुगेको छ । हाल देशभर ११ हजार पाँच सय ५५ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology