Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

प्रेस काउन्सिलको कार्यावाहक अध्यक्षबाट किशोर श्रेष्ठ नहटाउन अन्तरिम आदेश


5.3K
Shares

प्रेस काउन्सिलको  कार्यावाहक अध्यक्षबाट किशोर श्रेष्ठ नहटाउन अन्तरिम आदेश

काठमाण्डौ ३, भदौ । सर्वाेच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको छ ।सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो ।

सरकारले श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेपछि प्रेस काउन्सिल बोर्ड ऐनविपरीत नियुक्त गरिएको भन्दै सर्वोच्च अदालत पुगेको थियो । रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अहिलेका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई हटाउने कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

साउन ३१ गते काउन्सिल सदस्यमा नियुक्त गरिएकी भण्डारीलाई सोमबारको मन्त्रिपरिषद् बैठकले कार्यवाहक अध्यक्षमा नियुक्त गरेको थियो । काउन्सिलको नियमावली संशोधन गर्दै सरकारले कार्यवाहक अध्यक्ष भण्डारीलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology