गोरखा २, भदौं । गोरखा जिल्लामा ३ जना कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । गोरखा अस्पतालको आइसोलेनसमा उपचाररत दुई जना र आरुघाट गाउँपािलका स्थित भीमोदय क्याम्पसको आइसोलेसनमा उपचाररत १ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।
गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मी बजारकी ३५ र २२ बर्षका पुरुषको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभ आएपछि आज डिस्जार्च गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । उनिहरु लक्ष्मी बजारकी २४ बर्षकी कोरोना संक्रमित महिलोका सम्र्पकमा पुगेपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो ।
त्यस्तै आरुघाट गाउँपालिका–९ का ४६ बर्षिय पुरुषलाई कोरोना निको भएपछि आज नै अस्पतालबाट घर पठाइएको छ । भारतीय सेनामा कार्यरत उनि घर बिदामा आएका बेला कोरोना पुष्टी भएको थियो ।
अस्पतालबाट डिस्चार्ज गरिएका दुवैलाई १४ दिन अनिबार्य होमक्वारेन्टिनमा बस्न आग्रह गरिएको चिकित्सकले बताएका छन् । यो संगै गोरखा जिल्लामा कोरोना निको भएर घर फर्कनेको संख्या ११७ पुगेको छ । जिल्ला भित्र अहिलेसम्म कुल ११९ जना कोरोना संक्रमितको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । अब जिल्लामा कोरोनाको संक्रमितको सख्या १ मात्र बाँकी छ । त्यस्तै जिल्लाभित्र अहिलेसम्म कोरोनाका कारण १ पूरुषले ज्यान गुमाएका छन् ।