Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेकपा सचिवालय बैठकद्धारा विवाद समाधानका लागि गठित कार्यदललाई अनुमोदन


1.4K
Shares

नेकपा सचिवालय बैठकद्धारा विवाद समाधानका लागि गठित कार्यदललाई अनुमोदन

नागरिक सवाल संबाददाता
काठमाण्डौ १, भदौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएका विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको कार्यदललाई सचिवालय बैठकले अनुमोदन गरेको हो । यद्देपी बैठकमा सचिवालयमा छलफल गरेर मात्र कार्यदल गठन गरिएको भए राम्रो हुन्थ्यो भन्ने तर्क नेताहरुले उठाएका थिए ।

दुई अध्यक्षले महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्सिय कार्यदल गठन गरेका थिए । बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘पार्टीको समस्या समाधानका लागि दुई अध्यक्षले आफ्नो सहयोगका निम्ति कार्यदल गठन गर्ने पाउँदैनन् भन्ने होइन तर कार्यदललाई अझै उत्साहित ढंगले काम गर्ने बनाउनका लागि यसलाई सचिवालयबाट अनुमोदन गराउनुपर्छ भन्ने मत पनि थियो ।’

अध्यक्षद्वयले अन्य नेताहरुसँगको सल्लाहबिना कार्यदल गठन गरेको भन्दै पार्टीका अन्य शीर्ष नेताहरुले असन्तुष्टि जनाएपनि सचिवालय बैठकबाट त्यसलाई अनुमोदन गरिएको उहाँको भनाई छ । । बैठकले अध्यक्षद्वयको पहललाई सकारात्मक रुपमा लिएको प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology