गोरखा १, भदौं । त्रिभुवन विश्व विद्यालय अन्तरगतको गोरखा क्याम्पस गोरखाले कोरोनाको उच्च जोखिम बढेको भन्दै सम्पूर्ण प्रशासनिक कार्य बन्द गर्ने निर्णय गरेको छ । क्याम्पसले आज एक सूचना जारी गर्दैै यहीँ भदौ १५ गतेसम्मका लागि क्याम्पसको प्रशासनिक काम बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
त्रिबिले आइतबार गरेको निर्णय अनुसार गोरखा क्याम्पसले आज क्याम्पसको प्रसासनिक कार्य बन्द गर्ने निर्णय गरेको जनाएको छ । पहिलो चरणको लकडाउन खुलेसंगै प्रसासनिक कार्यलाई निरन्तरता दिएको क्याम्पसले बिधार्थीहरुका लागि अनलाईन कक्षा समेत सञ्चालन गरेको थियो ।
क्याम्पस प्रसासनले सवै कर्मचारीलाई भने आ–आफ्नो शाखा प्रमुख सँग सम्पर्कमा रहन भनेको छ ।