गोरखा १ भदौं । गोरखा जिल्लामा आजदेखि ७ दिनसम्मका लागि लगाइएको निधेषआज्ञाका कारण सदरमुकाम क्षेत्र पूर्ण रुपमा बन्द भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम झनै बढ्दै गएपछि जिल्ला प्रसासन कार्यालय गोरखाले आजदेखि भदौं ७ गतेसम्म लागू हुनेगरी जिल्लाभर निधेषआज्ञा जारी गरेको हो । प्रसासनले लगाएको निधेषआज्ञाको कारण सर्वसाधारणहरु समेत घर बाहिर निस्किएका छैनन् भने बजार, पसल, सवारी साधन पूर्ण रुपमा बन्द भएका छन् । गोरखा सदरमुकामको बजार क्षेत्र सुनसान जस्तै बनेकोे छ ।
प्रसासनले खाद्यान्य, औषधी पसल, तरकारी पसल र पेट्रोल पम्प भने सञ्चालन गर्न दिएको भएपनि सदरमुकाम क्षेत्रका अधिकासं खाद्यान्य पसलहरु समेत बन्द भएका छन् । गोरखा सदरमुकाम क्षेत्रमै कोरोना संक्रमण बढदै गएपछि आइबार बसेको कोरोना भाइरस रोकथाम, नियन्त्रणका र व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्डपोष्टको बैठकले बन्दाबन्दी घोषणा गर्ने निर्णय गरेको थियो ।
निधेषआज्ञा उंल्लघन गरि जथाभावी हिडडुल गर्नेलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । निषेधआज्ञा अबधीभरसम्म एम्बुलेन्स, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यबाश्यक बाहेका कुनै पनि सवारी साधन चल्न रोक लगाइएको छ । निषेधआज्ञाको पूर्ण कार्यान्व्यनका लागि सदरमुकाम क्षेत्रमा आबश्यक सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।