Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेकपामा फेरि टर्‍यो प्रधानमन्त्री ओलीको संकट


1.8K
Shares

नेकपामा फेरि टर्‍यो प्रधानमन्त्री ओलीको संकट

काठमाडौं ३२, साउन, । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बिबाद समाधानका लागि कार्यदल गठन भएसंगै तत्कालका लागि पार्टीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि फेरि अर्को एउटा संकट टरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर कार्यदल गठन गरेसँगै प्रधानमन्त्री ओलीको दोस्रो पटकको संकट टरेको नेताहरुले बताएका छन् ।

दुई अध्यक्ष बिचमा प्रचण्डलाई कार्यकारी अध्यक्षको व्यवहारिक अभ्यास गर्न दिने सहमती भएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बिचमा भएको सहमतीलाई अन्तिम रुप दिन कार्यदल गठन गरिएको स्रोतको भनाई छ ।

ओली र प्रचण्डले सहमति जुटाउन शुक्रबार महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । पौडेल नेतृत्वको कार्यदलममा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology