Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

संक्रमण पुष्टी भएको १२ घण्टापछि आइसोलेसनमा लगियो गोरखा सदरमुकामकी संक्रमित महिलालाई


2.5K
Shares

संक्रमण पुष्टी भएको १२ घण्टापछि आइसोलेसनमा लगियो गोरखा सदरमुकामकी संक्रमित महिलालाई

गोरखा ३१, साउन । गोरखा सदरमुकामकी एक महिलालाई संक्रमण पुष्टी भएको १२ घण्टा पछि मात्र आइसोलेसन लगिएको छ ।गोरखा नगरपालिका ६ खेलकुद मैदान क्षेत्रकी ति महिलालाई शनिबार १० बजेपछि मात्र आइसोलेसन लगिएको हो । शुक्रबार नै संक्रमण पुष्टी भएकी ४७ बर्षिया ति महिलालाई शनिबार बिहान १० बजेपछि मात्र गोरखा क्याम्पसमा रहेको आइसोलेसनमा लगिएको हो ।

संक्रमण पुष्टी भएपछि पनि प्रदेश वा संघले सूचना जारी नगर्दा सम्म जिल्लालाई पासवार्ड प्राप्त नहुने र पासवार्ड प्राप्त नहुदा सम्म प्रिन्ट निकाल्न नमिल्ने भएका कारण संक्रमण भएको ब्यक्तिलाई आइसोलेन लान ढिला भएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिनुभयो।

हिजो संक्रमित महिलाको आज बिहान मात्र प्रदेशले सूचना जारी गरेको र पासवार्ड प्राप्त भएपछि प्रिन्ट निकालेर मात्र महिलालाई आइसोलेन लगिएको समेत स्वास्थ्य प्रमुख रेग्मीले बताउनुभयो ।संक्रमित महिलाको स्वाब जनस्वास्थ्य प्रयोगशाला पोखरामा पिसिआर परिक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology