तनुहँ ३१, साउन । तनहुँको बन्दिपुर गाउँपालिका एक हप्ताको लागि सिल गरिएको छ । छिमेकी भानु नगरपालिका वडा नम्बर १ मा २० जना व्यक्तिमा कोरोना पुष्टि भएपछि सिमा जोडिएको बन्दिपुर गाउँपालिकाले पनि पालिका भित्र एक हप्तासम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।
कोरोनाको जोखिम बढेको भन्दै पालिकाले शुक्रबारदेखि भदौ पाँच गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह गुरुङले जानकारी दिनुभयो ।