काठमाण्डौं ३१, साउन । पार्टी भित्रको बिवाद समाधान लागि गठित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले शनिबारदेखि काम थाल्ने भएको छ । दुई अध्यक्षबीचको छलफलपछि विवाद् समाधानको लागि बनेको ६ सदस्यीय कार्यदलले जारी बिबाद समाधानका लागि काम अघि बढाउन लागेको कार्यदलका सदस्य जर्नादन शर्मा (प्रभाकर) ले जानकारी दिनुभयो ।
नेता शर्माले यो समय प्रधानमन्त्रीको राजिनामामा अड्किने भन्दा पनि पार्टी भित्रको समस्या सुल्झाएर महाधिवेशन गर्ने केन्द्रिय समितिले गरेको निर्णयलाई मुर्त रुप दिने कुरा मुख्य बिषय भएको बताउनुभयो । उहाँका अनुसार कार्यदलले सरकार र पार्टीबिचको अन्तरसम्बन्ध सुदृढ बनाई पार्टीमा विधि र पद्धती सँगै सरकारलाई व्यवस्थित गर्न आवश्यक सुझाव सल्लाह दिनेछ ।