Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा सवारी पासका लागि नयाँ नियम, अब क–कसले पाउछन् त सवारी पास (यो हेर्नुहोस


3.5K
Shares

गोरखामा सवारी पासका लागि नयाँ नियम, अब क–कसले पाउछन् त सवारी पास (यो हेर्नुहोस

गोरखा ३०, साउन । जिल्ला प्रसासन कार्यालय गोरखाले गोरखा जिल्लाबाट अन्यत्र जिल्लाका लागि अवदेखि ३ प्रकारका सवारी पास मात्र उपलब्ध गराउने भएको छ । कार्यालयका प्रशासकिय अधिृकत हर्कबहादुर रोकाले आज एक सूचना जारी गर्नुभएको सूचनामा कार्यालयबाट बिरामी, सुत्केरी प्रयोग गर्ने सवारी साधन, अत्याबश्यक सेवा प्रवाह गर्ने पदाधिकारी एवं राष्ट्रसेवक कर्मचारीलाई सवारी पास उपलब्ध गराउने निर्णय भएको उल्लेख गरिएको छ ।

त्यस्तै बिदेश जाने प्रयोजनका लागि हवाई टिकट भईसकेका व्यक्तिहरुका लागि पनि प्रसासनले सवारी पास उपलब्ध गराउने सूचनामा जनाइएको छ । कार्यालयले जारी गरेको सूचनामा सुत्केरी तथा बिरामीका लागि सवारी पास लिन चिकित्सकको सिफारिस, निवेदन, प्रयोग गर्ने सवारी साधनको कागजात तथा सवारी चालकको लाइसेन्स र चालकको नाम पेश गर्नुपर्ने जनाइएको छ ।

त्यस्ता सवारी साधनमा बिरामी, बिरुामी कुरुवा र चालक गरि बढीमा ३ जना मात्र यात्रा गर्न पाउने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै अत्याबश्यक सेवा प्रवाह गर्ने पदाधिकारी एवं राष्ट्रसेवक कर्मचारीका लागि सवारी पासका लागि कार्यालय प्रयोजनको लागि खुलेको पत्र, कर्मचारी सरुवा भई हाजिर हुन जानुपर्ने भएमा रमाना पत्र, बिदा बेतित गरि कार्यालयमा हाजिर हुन जानुपर्ने भएमा अनिबार्य रुपमा कार्यालयको सिफारिस पेश गर्नुपर्नेछ ।

बिदेश जान टिकट काटी सकेको व्यक्तिहरुका लागि सवारी पास लिनका लागि बिदेश जाने व्यक्तिको पासपोर्टको फोटोकपी, हवाई टिकट, निवेदन र सवारी साधनको कागजात तथा सवारी चालक अनुमती पत्र र चालकको नाम उपलब्ध गराउनु पर्ने कार्यालयले जनाएको छ । त्यस्ता सवारी साधनमा भने २ जनाले मात्र यात्रा गर्न पाउने कार्यालयको सूचनामा उल्लेख छ । त्यस बाहेक एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, कुटनीतिक नियोगका व्यक्ति तथा संघसस्थाका सवारी साधन, प्रेसपास प्राप्त सञ्चारकर्मीलाई सवारी पास अनुमती पत्र आबश्यक नपर्ने जनाइएको छ ।

त्यस बाहेक स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, खानेपानी मर्मत सम्भार र वितरण गर्ने जनशक्ति, ठूलो खाद्य स्टोरमा कार्यरत जनशक्ति, फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति र अत्याबश्यक बस्तु तथा सेवा ढुवानी गर्ने मालबाहक सवारी साधानका लागि सवारी अनुमती आबश्यक नपर्ने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology