गोरखा २९, साउन । जिल्ला प्रहरी कार्यालय गोरखाले सजाय कार्यान्वयनका लागि थप ३ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । जिल्ला प्रसासन कार्यालयबाट सार्वजनिक अपराध मुद्दा शिर्षकमा सजाय सुनाइएका आरुघाट गाउँपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने पालुङटार नगरपालिका–९ का ५५ बर्षका अमृत बहादुर कुमाल, आरुघाट गाउँपालिका–४ का २८ बर्षका कुल बहादुर बि.क, अजिरकोट गाउँपालिका ५ का २४ बर्षका अभिशेक पोखरेल रहेका छन् ।
उनिहरुलाई गोरखा जिल्लाको बिभिन्न स्थानहरुबाट बुधबार पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका सवैलाई जिल्ला प्रशासन कार्यालय गोरखामा पेश बुझाइएको छ । गोरखा जिल्लामा साउन यता मात्रै १२ जना फरार प्रतिवादीहरु पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ ।