गोरखा २७, साउन । गोरखको अजिरकोट गाउँपालिका–१ ध्याच्चोकमा पहिरोले ५ घरपरिवार बिस्थापित भएका छन् । लगातारको बर्षाका कारण धनसिराको सोनपानी भन्ने ठाउमा पहिरो जान थालेपछि ५ घरपरिवार बिस्थापित भएका हुन् ।
पहिरोले स्थानीय गणेश गुरुङको घर नै बगाएको छ भने अन्य २ जनाको घर उच्च जोखिममा परेको स्थानीयले बताएका छन् । सो गाउँ पहिरोको उच्च जोखिममा रहेको ठाउँ पनि हो ।