गोरखा २७, साउन । जिल्ला प्रसासन कार्यालय गोरखाले आबश्यक काम बाहेक घरबाहिर नस्किनमा सवैलाई फेरि पनि आग्रह गरेको छ । कार्यालयले मंगलबार एक सूचना प्रकाशन गरि गोरखा जिल्ला भित्र दिनानुदिन कोरोना संक्रमण बढ्दै जान थालेको भन्दै स्वास्थ्य सुरक्षा र सचेतता अबलम्बन गर्न सवैलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जारी गर्नुभएको सूचनामा २५ जना भन्दा बढी जम्मा नहुन, एकै ठाउँमा जम्मा भई बैठक मिटिङ तथा सम्मेलनहरु नगर्न, खेल मैदानमा जम्मा भई खेल खेल्ने, खेलाउने कार्य नर्गन पनि भनिएको छ । त्यस्तै गोरखा जिल्ला प्रवेश गर्नु अगाडी आफ्ना सम्पूर्ण बिबरण चेक पोष्ट, हेल्प डेक्समा अनिबार्य टिपाउन पनि प्रसासनले सवैलाई आग्रह गरेको छ ।
घरबाहिर निस्कनै पर्ने अबस्था अए अनिबार्य रुपमा मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न, एक अर्का बिचमा भौतिक दुरी कायम गर्न सूचनमा भनिएको छ । त्यस्तै छोटो दुरीका सवारी साधनहरुलाई तोकिए भन्दा बढी यात्रु नबोक्ने पनि प्रसासनले सूचना मार्फत सचेत गराएको छ । सूचनालाई वेवास्ता गरि कार्य गरेको पाइएको कानुन बमोजिम कारवाही गर्ने कार्यालयले जनाएको छ ।
यता जिल्ला प्रसासन कार्यालयले सार्वजनिक सूचना जारी गरि २५ जना भन्दाबढी जम्मा नहुन भनेपनि प्रमुख जिल्ला अधिकारी लगायतका कानुन कार्यान्वयन गराउने निकायका जिम्मेवार पदाधिकारी नै पछिल्लो पटक त्यस्ता कार्यक्रममा सहभागी हुने गरेको पाइएको छ ।