गोरखा २१, साउन ।गोरखा सदरमुकामको जिविस चोकमा कोरोना रोगको संक्रमणबाट जोगिन बुधबार निशुल्क माक्स वितरण गरिएको छ । समुदाय–प्रहरी साझेदारीमा जिल्ला प्रहरी कार्यालय गोरखा र सामुदायिक सेवा केन्द्र गोरखाको आयोजनामा सदरमुकामको मुल चोकमा माक्स वितरण गरिएको हो ।
मोटरसाईकल, मोटर, ट्याक्सी, कार, तथा पैदलयात्री माक्स प्रयोग नगर्नेलाई निशुल्क माक्स वितरण सगै माक्स लगाई सार्वजनिक स्थलमा हिड्न आग्रह गरिएको आयोजक रोटरी क्बल अफ गोरखाका अध्यक्ष काशिनाथ अंगाईले जानकारी दिनुभयो ।
माक्स वितरण गर्ने कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रहरी प्रमुख सुरेन्द्र गुरुङ, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, पत्रकार, रोटरी क्लवका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।