Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

लेबननको राजधानी बेइरुतमा ठुलो बिस्पोट, ७० भन्दा बढिको मृत्यु, ४ हजार भन्दा बढी घाइते


2.6K
Shares

लेबननको राजधानी बेइरुतमा ठुलो बिस्पोट, ७० भन्दा बढिको मृत्यु, ४ हजार भन्दा बढी घाइते

एजेन्सी २१, साउन । लेबननको राजधानी बेइरुतमा ठुलो बिस्पोट भएको छ । बिस्पोटमा परि ७० जना भन्दा बढीको मृत्यु भएको छ भने ४ हजार भन्दा बढी मानिस घाइते भएको त्यहाँको स्वास्थ मन्त्रालयका एक अधिकारीले जनाएका छ्न ।

सामाजिक सन्जालमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ।अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।

राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य रहेको बताउनु भएको छ।

अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो  ।राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गर्नु भएको हो ।

विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology