Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरु काटेको अभियोगमा ३ जना पक्राउ


4.8K
Shares

गोरु काटेको अभियोगमा ३ जना पक्राउ

गोरु काटेको अभियोगमा लमजुङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । मस्र्याङदी गाउँपालिका(७ ङादी दोभानचौरमा गोरु काटेर मासु भाग लागाउँदै गरेको अवस्थामा तीनजना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ङादी दोभानचौरका ४२ वर्षीय रामबहादुर भुजेल, मस्र्याङदी गाउँपालिका ७ बस्ने ३० वर्षीय राजकुमार भुजेल र बेसीसहर नगरपालिका १० बस्ने २० वर्षीय दुर्गा थापा मगरलाई पक्राउ गरिएको हो । दोभानचौरमा रामबहादुर भुजेलको घरमा गोरु काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी खुदीबाट खटिएका प्रहरी टोलीलाई खानतलासी गर्दा घरधनी भुजेलसहित ३ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरुलाई गोरुको मासुसहित पक्राउ गरिएको थापाले बताउनुभयो । उनीहरु तीनैजनालाई आइतबार गौबध मुद्दामा लमजुङ जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology