गोरखा ५, साउन – गोरखाको दरौदी नदीमा भीषण बाढी आएको छ । केहीदिनदेखि परेको लगातारको बर्षाका कारण नदीमा आएको बाढीले वरपरको खेत लगाइएको धानबालीमा समेत क्षति पु¥याएको छ ।
बाढी नदिको सतह समेत नाधेर बग्न सुरु गरेको स्थानीयबासीहरुले बताएका छन् । नदीले किनारा छोडेर उर्लिएपछि भर्खरै रोपिएको खेतमा क्षति पु¥याएको हो । गोरखा नगरपालिका–१० छेवेटार लगायत आसपास क्षेत्रका खेतमा बाढीले क्षति पु¥याएको स्थानीयको भनाई छ ।
स्थानीयका अनुसार दरौदी नदीमा अहिलेसम्मकै सवै भन्दा ठूलो बाढी आएको हो । नदीमा पानीको सहत बढेपछि दरौदी नदी माथि निर्माण गरिएको पक्की पुल समेत जोखिममा परेको छ ।