गोरखा ४, साउन – गएराती खसेको पहिरोका कारण गोरखा– आबुँखैरेनी सडक खण्ड अबरुद्ध भएको छ । गोरखा नगरपालिका–१२ स्थित अबुवा नजिकै सडक माथिबाट खसेको ठूलो पहिरोले सडक अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो ।\
‘सडकदेखि करिब ७०÷८० मिटर माथिदेखि पहिरो खसेको छ, उहाँले भन्नुभयो,‘ पहिरोले सडक पुरै पुरिएकाले पूर्ण रुपमा आवातजावत रोकिएको छ ।’ अबरुद्ध सडक खुलाउन डोजरको साहायताले पहिरो हटाउने काम सुरु भईसकेको प्रमुख ढकालको भनाई छ । केहीदिनदेखि लगातार परेको ठूलो बर्षाका कारण नजिकै रहेको ईट्टाभटा छेवैमा रहेको खोल्सीबाट पहिरो सडकमा खसेको हो ।

‘अहिले छिटो पहिरो हटाउन दुवै तर्फबाट सफा गर्ने काम भइरहेको छ, प्रमुख ढकालले भन्नुभयो, आबँुखैरनी तर्फबाट सडक डिभिजन कार्यालयको मेसिनले काम सुरु गरेको छ भने गोरखा सदरमुकाम पट्टीको खण्डबाट पनि अर्को मेसिन लगायर पहिलो हटाउने प्रयास भईरहेको छ ।’ ठूलो पहिरो खसेकाले हटाउन करिब ३ देखि ४ घण्टासम्म समय लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।