गोरखा ३, साउन । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद हरिराज अधिकारीले स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्र्तगत निर्माण सम्पन्न महिला सामुदायिक भवनको अबलोकन गर्नुभएको छ । गाउँपालिकाका जनतासंगको भेटघाटका लागि पुग्नु भएका सांसद अधिकारीले आज गण्डकी गाउँपालिका वडा नम्बर २ स्थित स्थानीय चेपाङ महिला समुदायका लागि निर्माण गरिएको सामुदायिक भवनको स्थलगत अबलोकन गर्नुभएको हो ।
उक्त सामुदायिक भवन निर्माणका लागि सांसद अधिकारीद्धारा उक्त सामुदायिक भवन निर्माणका लागि १० लाख रुपैया बिनियोजन गर्नुभएको थियो । भलायो डाँडामा सामुदायिक भवन निर्माण भएसंगै अब स्थानीय महिलाहरुलाई समुहको बैठक, भेला र अन्य कार्यक्रम गर्न सजिलो भएको बताएका छन् । सांसद अधिकारीले आजै त्यस क्षेत्रका जनतासंग पनि भेटघाट र छलफल गर्नुभएको छ ।
नयाँ आर्थिक बर्ष सूरु भएसंगै बिकास निर्माणको लागि नयाँ बजेट आइसकेकाले अब आफ्नो टोल क्षेत्र र समुदायमा आएका बिकास निर्माणको काममा जनताले निगरानी बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘बिकास निर्माणका काम समयमा सम्पन्न गर्न जनता आजैदेखि चनाखो हुनुपर्छ, सासंद अधिकारीले भन्नुभयो, ‘अर्को असारे बिकासको परम्पराले हामी धेरै पछाडी परेका छौ, अब त्यस्तो हुन दिनुहुदैन समयमै बिकासको आयोजना सुरु गरेर समयमा नै सम्पन्न गर्नुपर्ने तर्फ जनताहरुपनि सचेत हुनुपर्छ ।’
सांसद अधिकारीले बजेट मार्फत प्राप्त रकम सहि ठाउँमा खर्च भए नभएको अनुगमनको काम नागरिक स्तरबाट समेत हुनुपर्नेमा जोडदिनुभयो ।