गोरखा २, साउन । मनकामना केबलकारले ३० करोड रुपैयाँ आम्दानी गुमाएको छ । नोबल कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण गएको ४ महिनामा उत्त आम्दानी गुमाएको हो । नेपालकै ऐतिहासिक तथा पुरातात्विक र धार्मिक तिर्थ स्थल गोरखाको मनकामना जाने केबलकार गएको ०७६ साल चैत्र महिना देखी पुर्ण रुपमा बन्द हुदा ठुलो आर्थिक नोक्सानी ब्यर्होनु परेको कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
तिर्थ यात्रीहरुको लागि मनकामना मन्दिर जाने उपयुत्त सिजनमा बन्द हुदा केबलकारले उत्त नोक्सानी ब्यर्होन बाध्य भएको हो । गएको केही साता देखी लकडाउन खुकुलो पारेर धेरै जसो ब्यवसायीक संस्थाहरु सञ्चालन आएको भएता पनि केबलकार सञ्चालनका लागि सरकार उदासिन भएको उहाँले बताउनुभयो । स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गरेर केवलकार संचालनमा ल्याउन दिनुपर्ने कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ ।
अरु व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर संचालनमा ल्याउन दिदा केबलकार कहिले सञ्चालनमा आउने हो त्यो भन्नेमा अझै अन्यौलता रहेको श्रेष्ठले बताउनुभयो। केबलकारका प्राविधिकहरुले गोन्डोलामा खराबी आउन सक्ने भन्दै सातामा २ दिन चलाउदै आएको छ। यसै बिच केबलकार सञ्चालनमा आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीले स्वास्थ्य सुरक्षा निर्देशिका तयार पारेको छ ।
व्यवसाय संचालनमा ल्याउन कम्पनीले ०७७ जेठमा नै स्ट्यान्डर्ड अपरेसन प्रोसिड्योर तयार गरिसकेको मनकामना केबलकारका नायब माहाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो । कम्पनीले केबुलकार प्रयोगदेखि अन्त्य सम्मका लागि निर्देशिका तयार गरिसकेको उहाँले बताउनुभयो । कम्पनीले सेवा सुरु गर्दा सुरुवाती दिनमा ५० प्रतिशत यात्रुलाई मात्र राखेर सेवा कम्पनीले जनाएको छ।
स्यानिटाइजेसन, ह्याण्ड वास, डिस इन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फ्रन्ट लाइन वर्करलाई पीपीइ, फेस सिल्ड लगायतको व्यवस्थापन गरीएको समेत कम्पनीले जनाएको छ ।