Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनाका प्रभावितलाई ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप


2K
Shares

कोरोनाका प्रभावितलाई ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप

काठमाण्डौ २, साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम वितरणयोग्य नाफा भएका बैंकले नगद लाभांश दिन नपाउने, बैंकका सीइओको तलब घटाउने राष्ट्र बैंकको नीति लिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाको संचालकको भत्ता पनि घट्ने, बैंकहरुको ऋणपत्र जारी गर्ने समय २ वर्ष थप्ने व्यवस्था गरेको छ ।

यस्तै पुर्नकर्जामा सहुलियत दिने ३ देखि ५ प्रतिशत ब्याजदरमा कर्जा पाइने, भुक्तानी प्रणाली कम्पनीको नयाँ लाइसेन्स रोकियो, ३ लाख ग्राहक नभए अनुमति खारेज गर्ने व्यवस्था गरेको छ । यस्तै सीसीडी रेसियोको सीमा ८० प्रतिशतबाट ८५ प्रतिशत पु¥याएको छ भने सेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाएर ७० प्रतिशत पु¥याएको छ । यस्तै ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप भएको छ । कोरोनाले ब्यापार व्यवसाय ठप्प हुँदा आम्दानी गुमेपछि ऋण तिर्न नसकेका ऋणीलाई राष्ट्र बैंकले राहत दिएको हो ।

मौद्रिक नीतिले गरेको व्यवस्था अनुसार ऋण तिर्नको लागि अब कोराना प्रभावित उद्योगले एक वर्ष अर्थात चालु आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म र साना ऋणीलाई ६ महिना समय थप भएको छ । उनीहरुले पुस मसान्तसम्म बुझाउन पाउनेछन् । कृषि ऋण लिएका ऋणीलाई कृषि क्रेडिट कार्ड पनि जारी गरिने भएको छ । चालु आर्थिक वर्षको सुरुदेखि कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकलाई दिएँसगै उक्त कार्ड पनि जारी गर्न लागिएको हो ।

यसका लागि कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गरिने पनि राष्ट्र बैंकले बताएको छ । २०८१ असाढ मसान्तसम्म बैंकहरुले आफ्नो कुल कर्जाको न्यूनतम १० प्रतिशत उर्जा क्षेत्रमा लगानी गर्नुपर्ने छ । कोभिड–१९ बाट अति प्रभावित पर्यटन क्षेत्र पुनरुउत्थानको लागि कर्जा परिचालनमा प्राथमिकता दिने सहुलियतपूर्ण कर्जा परिचालनका लागि प्रदेशगत रुपमा संख्याको सीमा तोकिएको छ ।

अब सेयर लगानीकर्ताले बैंकबाट सेयर धितोमा कर्जा लिदा धितोको ७० प्रतिशतसम्म लिन सक्ने छन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । यो व्यवस्थाले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology