Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

पर्वतमा सलहको झुण्ड प्रबेश गरि बालीनाली खान थाल्यो


3.2K
Shares

पर्वतमा सलहको झुण्ड प्रबेश गरि बालीनाली खान थाल्यो

पर्वत ३१, असार । पर्वतमा सलहको झुण्ड प्रबेश गरि बालीनाली खान थालेको छ । कुश्मा नगरपालिका, फलेवास नगरपालिका र मोदी गाउँपालिकामा सलह प्रबेश गरेको हो । म्याग्दी र बागलुङ बाट हिजो साँझ लाखौँको संख्यामा आएको सलह किराले किसानको बालीनाली नष्ट गर्न थालेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कुश्मा नगरपालिका १० पिपलटारी र फलेवास ३ शंकरपोखरीमा सलहले स्थानीय शिव अधिकारी, शालिग्राम अधिकारी, रामु अधिकारी लगायतको कृषि फर्ममा पसेर बाली नोक्सान गरेको छ ।

किसानहरुले धपाउँदा धपाउँदै हैरान भएको बताएका छन् । मोदी गाउँपालिकाको देपपुर, राम्जा र आर्थरमा पनि बालीनाली खाएको स्थानीय भूमीराज शर्माले बताउनुभयो । दुई साता अगाडी आएको झुण्ड भन्दा यसपाली तेब्बर संख्यामा आएको शर्माले बताउनुभयो । कृषकहरुले थाल बजाउने, धुवा लगाउने, रुख हल्लाउने जस्ता बिधी अपनाएर धपाउने कोशिश गरिरहेका छन् ।

तर, एक ठाउँबाट धपाएको हुल अर्को ठाउँमा पुगेर नोक्सान गर्न थालेको छ । जिल्लामा सलहले कति बालीनाली नोक्सान गरायो भन्ने यकिन नभएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । ठुलो संख्यामा सलह जिल्लामा प्रबेश गरेको हुनाले किसानहरुलाई सचेत हुन कार्यालयले अनुरोध गरेको कार्यालय प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । पर्वत सहित छिमेकी जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिका र स्याङजाको आँधिखोला गाउँपालिकासम्म सलहको हुल फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology