तनहुँ, ३० असार । तनुहँमा आइतबार राति गएको पहिरोमा परि १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
पहिरोले घर पुरिँदा व्यास नगरपालिका ९ का एकै परिवारका ३ जनासहित ४ जना, ऋषिङ गाउँपालिका ८ पल्ट्याङमा ५ जना र म्याग्दे गाउँपालिका ६ बेलौते डाँडामा १ जनाको मृत्यु भएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगद बरालले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेहरुमा ऋषिङ गाउँपालिकाका भेषबहादुर थापा, नानुमाया थापा, महादेव थापा, मनिसरा थापा र अनिषा थापा छन् । यस्तै व्यास नगरपालिका–९ का कमला थापा, मनोज थापा, अञ्जना थापा र त्यही ठाउँका मैतीमाया घर्तीको ज्यान गएको उहाँले बताउनुभयो ।
यस्तै म्याग्दे गाउँपालिका ६ की लक्ष्मी विकको पनि पहिरोमा परि ज्यान गएको छ । पहिरोले पुरिएर व्यास नगरपालिका ९ का राजेश थापा र व्यास ११ का पद्मबहादुर भुजेल बेपत्ता रहेका र उनीहरुको खोजी भइरहेको पनि बरालले जानकारी दिनुभयो ।