Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पृथ्वी जयन्तीको अबसरमा गोरखाका ५ स्थानीय तहले दिए सार्वजनिक बिदा


3.5K
Shares

पृथ्वी जयन्तीको अबसरमा गोरखाका ५ स्थानीय तहले दिए सार्वजनिक बिदा

गोरखा, २६ पुष । पृथ्वी जयन्तीको अबसरमा गोरखा जिल्ला भित्रका ५ वटा स्थानीय तहहरुले यहि पुस २७ गते सार्वजनिक बिदा दिने भएका छन् । जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालीका र सिरानचोक गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

पाँचवटै स्थानीय तहहरुले नगर कार्यपालिका र गाउँ कार्यपालिकाको बैठक बसी सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएका छन् । पाचँवटै स्थानीय तहहरुले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने जनाएका छन् ।

आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालिन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदर स्वरुप स्थानीय सरकारको तर्पmबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिकको बिदाको घोषणा गरिएकोे स्थानीयतहरुले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले गोरखाबाट नेतृत्व गर्दै देशभरका बाइसे र चौबीसे राज्यहरुलाई एकीकृत गरी आधुनिक नेपालको जग बसाल्नु भएको थियो ।

नेपाल एकिकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै बिदा नगरपालिकाले बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology