Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

काठमाडौंमा एकै दिन फेरि थपिए २८ कोरोना संक्रमित


5.1K
Shares

काठमाडौंमा एकै दिन फेरि थपिए २८ कोरोना संक्रमित

काठमाण्डौ २६, असार ।  काठमाडौंमा २८ सहित ११८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (शुक्रबार) गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा सङ्क्रमण देखिएको जानकारी गराईएको हो ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकामा ४२ सहित मुलुकभर २४ घन्टामा ११८ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । नेपालमा आज सम्म १६ हजार ६४९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् ।

प्रवक्ता गौतका अनुसार आज अवधिमा १ सय २० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology