Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बसमा आगो लाग्दा २० जनाको मृत्यु


1.7K
Shares

बसमा आगो लाग्दा २० जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा बसमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ। २१ जनाको उद्धार गरिएको छ। कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तरप्रदेशस्थित कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँमा ट्रकसँग ठोक्किँदा बसमा आगो लागेको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार ५० यात्रु सवार एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो दन्किएको थियो।

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।

साथै उनले मृतकका परिवारलाई भारु २र२ लाख र घाइतेहरूलाई ५० हजार राहत दिने घोषणा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology