सन्दिप सुनार
गोरखा १७, असार । लियो क्वलब अफ गोरखाको वर्ष २०२०/०२१ का लागि नँया पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लबले बुधबार गोरखा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि नयाँ नयाँ निर्बाचित कार्यसमितिलाई निबर्तमानअध्यक्ष बिदुर बल्लभ भट्टराईले पद हस्तान्तरण गर्नुभएको हो ।
नयाँ कार्य समितिलाई क्लबकोको निर्णय पुस्तिका सहित अबिर र खादा लगायर शुभकामना सहित पद हस्तान्तरण गरिएको क्लबले जनाएको छ । क्लबको वर्ष २०२० ÷२१ का लागि नया कार्यसमितिको अध्यक्षमा गंगा श्रेष्ठ चयन हुनु भएको छ ।
त्यस्तै सचिवमा अनुका आले मगर चयन हुनु भएको क्लबले जनाएको छ । त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा सुमन श्रेष्ठ र द्धितीय उपाध्यक्षमा बालकृष्ण परियार चयन हुनु भएको छ । पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष र कोषाध्यक्ष लियो मोहन श्रेष्ठले तयारी पारेको गत वर्षको आर्थिक प्रतिवेन समेत प्रस्तुत गरिएको थियो