Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोरखाका थप ९ जना संक्रमितले जिते कोरोना : कोरोना जित्नेहरु कहाँका हुन् यो हेर्नुहोस ।


2.1K
Shares

गोरखाका थप ९ जना संक्रमितले जिते कोरोना : कोरोना जित्नेहरु कहाँका हुन् यो हेर्नुहोस ।

गोरखा ११, असार । गोरखा अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थप ९ जनाले कोरोना भाइरस (कोभिड १९) लाई जितेर बिहिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालले कोरोना संक्रमण निको भएका ८ जना पुरुष र १ महिलालाई घर पठाएको हो । निको हुनेहरुमा गोरखा नगरपालिकाका वडा नम्बर ३, ११ र १३ का १ महिला सहित ४ जना र गण्डकी गाउँपालिका वडा नम्बर ५ का ५ जना पुरुष रहेको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डन्ट डा. नविन थापाले एक बिज्ञप्ती प्रकाशित गरी जानकारी दिनुभयो ।

बिहिबार  कोरोना जितेर घर फर्कनेहरुमा गोरखा नगरपालिका ३१ बर्षिया महिला सहित २९, ३२ र ३५ बर्षका पुरुष तथा गण्डकी गाउँपालिकाका २०, २१, २५, २६ र ३० बर्षका पुरुष रहेका छन् ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, शुक्रराज ट्रपिकल एण्ड इन्फेक्सियस डिजिज हस्पिटल काठमाण्डौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट प्राप्त रिर्पोट सबै नेगेटिभ भए पछि उहाँलाई घर पठाइएको बिज्ञप्तीमा जनाइएको छ ।

यस अघि गोरखा अस्पतालको आइसोलेसन वार्डमा उपचार गराएका ९ जना निको भएर घर फर्किसकेका छन् । गोरखामा कोरोना संक्रमणबाट निको हुनेहरुको सख्या १८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology