गोरखा ८, असार – गोरखामा आज (सोमबार) थपिएका ११ जना कोरोना संक्रमितको पहिचान भएको छ । सोमबार पुष्टी भएका ११ संक्रमित मध्ये जिल्लाको भीमसेन थापा गाउँपालिका स्थित प्रभात मा बि धावाको क्वारेन्टइनमा रहेका ४ जना र सिद्दी काली मा बि तान्द्राङ क्वारेन्टइनमा १ जना रहेको खुल्न आएको छ ।
त्यस्तै शहिद लखन गाउँपालिका ३ जनामा वडा नम्बर–६ घैरुङ स्थित श्री भगवती हिमालय मा विको सामुहिक क्वारेन्टाइमा रहेका २ जना र वडा नम्बर ४ श्री माहारुद्र आधरभुत बिधालय ताक्लुङको क्वारेन्टाइमा रहेको १ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टी भएको छ ।
गण्डकी गाउँपालिका स्थित ताङ्लिचोक मावि, भैरवाश्रम मावि र दीर्घेश्वर मावि क्वारेण्टाइनका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरुमा गण्डकी गाउँपालिकाका १८, ३१ र १९ बर्षका पुरुष, भीमसेन थापा गाउँपालिकामा २० र २५ बर्षिया २ जना महिला सहित ३०, ५७ र २८ बर्षका पुरुष र शहिदलखन गाउँपालिकाका २३, ५२ र २३ बर्षका पुरुष भएको जनाइएको छ ।
संक्रमित सबैलाई भोली जिल्ला सदरमुकामको गोरखा क्याम्पसमा रहेका आईसोलेशनमा ल्याउने तयारी भई रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।