Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

यती समूहको निर्माणाधीन भवनको काम रोक्न उच्च अदालतको आदेश


1.4K
Shares

यती समूहको निर्माणाधीन भवनको काम रोक्न उच्च अदालतको आदेश

काठमाण्डौ २५, पुस । काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टको केन्द्रीय कार्यालयको जग्गामा यती समूहको निर्माणाधीन भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यति समूहसँग गरेको सम्झौतामा त्रुटिपूर्ण देखिएको भन्दै यस्तो आदेश दिएको हो ।

दुवै पक्षलाई छलफलका लागि आउँदो माघ १ गते अदालतले बोलाएको छ । यति समूहलाई अवैधानिक रूपमा ३० वर्षका लागि लिजमा दिएको दाबी गर्दै उच्च अदालत पाटनमा अधिवक्ता परिवर्तन राईले रिट दायर गर्नुभएको थियो ।

मासिक चार लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी ट्रस्टले एक रोपनी १४ आना जग्गा यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिँदा राज्यलाई पाँच अर्ब नोक्सान भएको रिटमा दाबी गरिएको थियो ।

अदालतले यस विषयलाइ सार्वजनीक महत्वको विषयका साथै कानूनी प्रश्नलाई दृष्टिगत गरी सुनुवाइमा एमिकस क्युरीसमेत गठन गर्न माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology