Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाका ८ जना संक्रमित कोरोना जितेर अस्पतालबाट घर फर्किए


5K
Shares

गोरखाका ८ जना संक्रमित कोरोना जितेर अस्पतालबाट घर फर्किए

गोरखा ६, असार । गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितहरुले कोरोनालाई जितेर घर फर्किएका छन् । संक्रमणको पुष्टी भएर अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका मध्ये ८ जना शनिबार (आज) निको भएर घर फर्किएका अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. नविन थापाले जानकारी दिनुभयो । अस्पताल भर्ना भएपछि गरिएको पिसिआर परीक्षणका क्रममा २ पटकसम्म रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको उहाँले बताउनुभयो ।

उपचार पछि निको भएर घर फर्किएकाहरुमा जिल्लाको पालुङटार नगरपालिकाका–७ का १ जना १७ बर्षका युवक, गण्डकी गाउँपालिका वडा नम्बर ८ का ३०, २०, ३२ र ४३ बर्षका ४ जना, पाँचखाल–९ काभ्रेका २० बर्षका एक पुरुष र भीमसेन थापा गाउँपालिका– र भीमसेन थापा गाउँपालिका वडा नम्बर ५ र ६ का २० र ३२ बर्षका २ जना पुरुष रहेका छन् ।

उनिहरु सवैले १४ दिन अस्पतालको आइसोलेनमा बसी उपचार गराएपछि निको भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएका आठै जनालाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अर्याल लगायतले पुष्पगुच्छा दिएर बिदाई गरेको छ ।

घर पठाउने क्रममा गोरख अस्पतालमा चिकित्सकहरुले घरमा थप केही समय क्वारेन्टाइनमा बस्न र स्वाथ्यमा ध्यान दिन समेत उनिहरुलाई सुझाव दिएका छन् । गोरखामा अस्पतालमा अब १६ संक्रमितहरु आइसोलेसन वार्डमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology