काठमाण्डौं ३, असार । चीन र भारत बिच सिमा बिबादलाई लिएर विवाद सुरु भएपछि नेपालमा भने भारतमा रहेका गोरखा सैनिक बारे चिन्ता बढेको छ । सोमबार राती दुइदेश बिच विवादित भूमि लद्दाख क्षेत्रमा दुवै देशका सैनिक बिच झडप भएपछि थप भीडन्त बढ्न सक्ने सम्भावना बढेपछि नेपालमा भारतमा रहेका गोरखा सैनिकहरुको सुरक्षाको चिन्ता बढेको हो ।
विवादित पाकिस्थान र चिनियाँ क्षेत्रमा भारतले गोरखा सैनिकलाई परिचालन गर्ने गरेकाले पनि नेपालमा उनिहरुको सुरक्षा चुनौतीलाई लिएर चिन्ता बढेको हो । गलवान उपत्यकामा झडप हुँदा एक कर्णेलसहित २० जना भारतीय सैनिकको ज्यान गएको थियो । चीनसंगको सिमा क्षेत्रमा झडप हुदा आफ्ना सैनिक मारिएपछि भारतले नेपालमा बिदा पठाएका आफ्ना गोरखा सैनिकलाई फिर्ता बोलाएको छ ।
चीनसँगको विवाद चुलिएपछि भारतले आफ्ना गोरखा सैनिकहरूलाई काममा फर्कन आदेश दिएको हो । भारतको गोर्खा रेजिमेन्टमा झण्डै डेढ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । यीमध्ये धेरैलाई भारतले पाकिस्तान तथा चीनसँगका विवादित सीमा क्षेत्रहरुमा राख्दै आएको छ । भारतले फिर्ता बोलाएपछि छुट्टीमा नेपाल आएका गोरखा सैनिकहरु फर्कन सुरु गरेका छन् ।
पछिल्लो पटक लद्दाखमा भएको घटनाले भारत र चीनबीच झनै तनाव बढ्ने स्थिति छ । यसले भारतीय सेनामा कार्यरत नेपालीहरु जोखिममा पर्ने भएकाले उनीहरुलाई फिर्ता बोलाउनुपर्ने आवाज पनि उठिरहेको छ ।