Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भारत सिमा विवाद समाधानका लागि सहजीकरण गर्न तयारी छु : पूर्वप्रधानमन्त्री डा.भट्टराई


3.6K
Shares

भारत सिमा विवाद समाधानका लागि सहजीकरण गर्न तयारी छु : पूर्वप्रधानमन्त्री डा.भट्टराई

गोरखा १, असार- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल भारत सिमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफु तयार रहेको बताउनु भएको छ । गोरखा सदरमुकाममा सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बार्ताको वातावरण निर्माणका लागि भारतीय नेताहरुसंग आफुले छलफल गरिरहेको समेत बताउनुभयो । ‘भारतका बिदेशमन्त्री जयशंकर, अर्थमन्त्री निर्मला सितारमन जेएनयूकै सहपाठी हुुनुहुन्छ, पूर्वप्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो, ‘उहाँहरुसंग भावनात्मक सम्बन्ध पनि भएकाले बेलाबेलामा सम्र्पक भइरहेको छ ।’

उहाँले भारतीय नेताहरुले वार्ताको बाताबरण बनाउन आफुलाई पटक–पटक आग्रह गरेको समेत जानकारी दिनुभयो । ‘सहपाठीहरु भएकाले आबश्यक पर्दा वार्ताका लागि वातावरण बनाउन सकिन्छ, पूर्वप्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो, अब त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार ढंगले लाग्नुपर्छ ।’ उहाँले वार्ताको नेतृत्व सरकारले गर्नुपर्ने भन्दै आफु सहजीकरण गर्न सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले वार्ता र संवादकै माध्यमबाट दुईदेश बिचको बर्तमान सिमा बिबादको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । उहाँले देशको खोसिएको भूमि प्राप्त गर्न फौजी ढंगले अघि बढ्नु अहिलेको सन्र्दभमा असान्र्दभिक हुने बताउनुभयो । ‘कालापानी क्षेत्रको बिषयमा जुन कुरा उठेको छ, त्यो हाम्रो भूमि हो, हाम्रो भूमि कसैले खोसेर लान त सक्दैन, डा. भट्टराईले भन्नुभयो, अब अत्यन्त जिम्मेवार ढंगले राजनीतिक र कुटनीतिक वार्ता मार्फत समधानको बाटो खोज्नु उपयुक्त हुन्छ ।’

उहाँले आफ्नो देशको मिचिएको भूमिमा भोगाधिकार स्थापित गर्न फौजी ढंगको बल प्रयोग गरेर भारतीय सेनालाई निष्कशित गर्नु एउटा बाटो भएपनि अहिलेको विश्वमा त्यो बुद्धिमानी र व्यवहारिक नहुने बताउनुभयो । पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि फिर्ता गराउन आफ्नो क्षमता र कौशलता प्रर्दशन गर्नुपर्ने बेला आएको पनि उल्लेख गर्नुभयो । उहाँले वार्ताको पहल नगरी गरिएका वक्तव्यबाजीले मात्र समस्याको समाधान नहुने समेत दावी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डा.भट्टराइले सिमा सम्बन्धी बिबाद, पारावहन सम्बन्धी सन्धी सम्झौता, अर्थ बाणिज्य सम्बन्ध बिषय र अन्य बिभिन्न सन्धी सम्झौताहरु एकमुष्ट ढंगले समाधान गर्न प्रवुद्ध समुहबाट नै सम्भव भएको समेत बताउनुभयो । ‘नेपाल र भारतका जनता बिचमा कहिलै पनि दुस्मनी रहेको छैन, उहाँले भन्नुभयो, ‘खाली सत्ता र सरकार बीचमा मात्र खटपट भएको हो त्यसैले इपिजी मार्फत नै समस्याको सकभर हल गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology